Wednesday, 7 October 2020

खाद्य सुरक्षा, कोभिड र नेपाल

 


खाद्य सुरक्षा भन्नाले खाद्यान्नको पूर्ण उपलब्धता प्रत्येक व्यक्तिको यसमा रहने पहुँच हो   अर्को अर्थमा, खानेकुराहरु  जस्तै चामल, दाल, तरकारी, फलफूल, विभिन्न जडिबुटी अन्य खाने अन्नको पहुँच, संरक्षण, उत्पादन दीगो उपयोगको अवस्थालाइ खाद्य सुरक्षा भन्ने बुझिन्छ  विश्व खाद्य शिखर सम्मेलन (१९९६) का अनुसार, प्रत्येक व्यक्तिको सधैं पर्याप्त, स्वच्छ तथा पोषणयुक्त र आफनो आवश्यकता र चाहना अनुरूप खाना माथि भौतिक र आर्थिक पहुँच भएमा मात्र खाद्य सुरक्षा भएको मान्न सकिन्छ । विश्व स्वास्थ्य संगठन (WHO) (२०१५) का अनुसार खाद्य सुरक्षा (Food security)  अन्तर्गत ) खाद्यान्न आवश्यक परिमाणमा उपलब्ध रहनु, () सबै मानिसलाई खाद्यान्नको पहूँचमा राख्न आर्थिक शारीरिक सामथ्र्यको हुनु () आधारभूत पोषण सम्बन्धी जानकारी सहित खाद्यान्न उपयोग गर्नु पर्द्छन | त्यस्तै गरि खाध्य तथा कृषि संगठन (Food and Agriculture Organization , FAO) ले समेत WHO ले अघि सारेको विषयको अवस्थालाई खाद्य सुरक्षा मानेको जस अनुसार, सबै मानिस हरुले सम्पूर्ण समयमा भौतिक्, सामाजिक आर्थिक रुपले पर्याप्त खाने कुराहरु प्राप्त गर्ने अवस्था नै खाद्य सुरक्षा हो  | खाद्य सुरक्षाको सम्बन्धमा नोबेल पुरस्कार विजेता अमर्त्य सेनले खाद्यान्नको पर्याप्त भण्डारण , खाद्यान्नको आपूर्ति गर्ने उपयुक्त व्यवस्थाखाद्यान्नको उचित प्रयोग लाइ मान्दछन l माथि उल्लेखित धारणाको आधारमा खाध्य सुरक्ष्याका विभिन्न आयाम हुने देखिन्छ  l

विश्वका विभिन्न देशमा समय समयमा लाग्ने खाद्य सङ्कट अर्थात् भोकमरीले गर्दा खाद्य सुरक्षाको आवाज ठूलो स्वरमा उठेको   विश्व खाद्य सुरक्षा र पोषण अवस्था प्रतिवेदन २०१८ का अनुसार, सन २०१७ मा विश्वमा झण्डै ७७० मिलियन मानिसहरु गम्भिर खाद्य असुरक्षामा रहेको अनुमान छ । यसै गरी करिब ८२१ मिलियन मानिसहरु (नौ जना मानिसहरुमा एक जना मानिस) कुपोषित भएको अनुमान छ जुन दिगो विकासको सन २०३० सम्ममा भोकमरी अन्त्य गर्ने लक्ष्य प्राप्तिको लागि ठुलो चूनौती देखिन्छ ।

नेपालको सन्दर्भमा कति मानिसहरु खाद्य सुरक्षाको अवस्थामा छन् भन्ने आधिकारिक तथ्याँकको अभावले भन्न सक्ने अवस्था नरहे पनि नेपाल जनसाख्किक तथा स्वास्थ्य सर्वेक्षण, २०१६ का  अनुसार, ५० प्रतिशत भन्दा बढी परिवारहरुमा खाद्य असुरक्षा रहेको र वर्ष भरी खाना खान पहुँच नरहेको देखाएको छ जुन पहाडी र हिमाली भेगमा अझ बढी रहेको छ । यसैगरी दैनिक निर्धारित क्यालोरीको न्युनत्तम मात्रा उपभोग गर्नबाट करिब ८ प्रतिशत जनसंख्या बञ्चित रहेको छ (शर्मा, २०७६) l खाद्य सुरक्षाका हिसाबले हेर्दा दक्षिण एसियामा नेपाल अरू राष्ट्रभन्दा बलियो स्थानमा आउँछ । विश्व भोकमरी सूचकाङ्क (ग्लोबल हङ्गर इन्डेक्स,२०१५) को प्रतिवेदनमा खाद्य सुरक्षाको सूचकाङ्कमा नेपाल ५८औँ स्थान हासिल गरेर दक्षिण एसियाका राष्ट्रमध्ये बलियो अवस्थामा देखिएको भने भारत नेपालभन्दा पनि कमजोर अवस्थामा अर्थात् ८०औँ स्थानमा   दक्षिण एसियामा खाद्य सुरक्षाका दृष्टिकोणले पछाडि परेको अफगानिस्तानको स्थान ९७औँ मा   दक्षिण एसियामा अरू राष्ट्रभन्दा बलियो स्थानमा देखिए पनि नेपाल आफैँमा खाद्य सुरक्षाको हिसाबले गम्भीर अवस्थामा (थापा२०१६) | तेस्तैगरी, नेपालको करिव प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि जसले उनीहरूको आयको ७३ प्रतिशत खाद्यान्नमा खर्च गर्ने गर्दछन् त्यसैगरी नेपालको सबै क्षेत्रहरूमा खाद्य सुरक्षाको अवस्था समान रूपमा छैन खासगरी तराई, पहाड, गाउँ सहर, महिला पुरुष, बच्चा बुढा (उमेर समूह), पूर्व पश्चिम (विकास क्षेत्र) का साथै प्रदेश स्तर, विभिन्न जाति तथा समुदायहरूबीच खाद्य सुरक्षाको स्थितिमा ठूलो खाडल रहेको देखिन्छ तराईको १३ प्रतिशत बासिन्दाले खाद्य अपुगको समस्या झेलिरहेका छन् भने पहाडमा १६ प्रतिशत हिमालका ३० प्रतिशत बासिन्दा यो समस्याबाट पीडित रहेका छन् (रानामगर, 2015) | त्यस्तै प्रदेशको हिसाबले प्रदेश नं २ र कर्णाली प्रदेशको अवस्था दयनीय रहेको छ भने सुदूरपश्चिममा पनि त्यति राम्रो देखिदैन l

विश्वमा खाद्य सुरक्षा तथा पोषणको अवस्था २०१९ (स्टेट अफ फूड सेक्युरिटी एन्ड न्युट्रिसन इन द वर्ल्ड) नामक प्रतिवेदनमा नेपाल खाद्य सुरक्षा ५ प्रतिशत घटेको छ । यसमा नेपालसहित  हैटीमा २३ र अफ्रिकी मुलुक नाइजरमा ८ प्रतिशत घटेको भनिएको छ।  संघले उक्त प्रतिवेदन जारी गर्दै भनेको छ, 'संसारमा सन् २०१८ मा ८२ करोड मानिस भोकै रहे । यो संख्या सन् २०१७ को भन्दा बढी हो । सन् २०१७ मा यो संख्या ८१ करोड १० लाख थियो (UN, 2019) अतः खाद्य सुरक्षा अवधारणाले समाजमा रहेको खाद्यको आवश्यकता तथा उक्त खाद्यमा चाहिने पोषणको सुनिश्चितालाई ईंगित गर्दछ भने यसको लागि लक्ष्यहरुको निर्धारण र प्राप्तिको लागि आवश्यक सार्वजिनक नीति तथा कार्यक्रमहरु कार्यान्वयनको माग गर्दछ (फियान, २०१९) l यसर्थ, विश्वमा र नेपालमा पनि खाध्यको संकट निकै रहेको छ जुन कोभिडको समयमा झन् बढ्ने देखिन्छ l

खाद्य सुरक्षाका आधारभूत पक्षहरू

खाद्य सुरक्षाका बिभिन्न  आधारभूत पक्षहरू रहेका छन जसलाई विभिन्न संघ संस्थाहरुले आ आफ्नो ढंगले व्याख्या गरेका छन् , ति मध्यका केहि  आधारभूत पक्षहरूलाइ  निम्नानुसार  रहेका छन्ः
1.
खाद्यान्नको उत्पादन उत्पादकत्व : खाद्यान्नको उत्पादन पर्याप्त नभएर जनसंख्याको अनुपात भन्दा खाद्य उत्पादकत्व कम भए खाद्य सुरक्षा कायम हुन सक्दैन त्यसैले मानिसको खाध्य बानी (Food habit) , वातावरणीय अवस्था, खाद्यान्न प्रतिको अन्तरनिर्भरता समेतलाई दृष्टिगत गरी विविध प्रकारका खाद्य बालीहरूको उत्पादन गर्नु उत्पादकत्व बढाउनु आवश्यक हुन्छ

2. खाद्यान्नको सञ्चय भण्डारण : खाद्यान्नको भण्डारण वा सञ्चय खाद्य सुरक्षाका लागि अनिवार्य हुन्छ कुनै निश्चित मौसममा उत्पादन हुने खाद्य बालीको उचित वैज्ञानिक रूपले भण्डारण गर्नुपर्दछ साथै प्राकृतिक विपत्तिको समयमा वा सुखा याम (Starvation) को लागि केही मात्रामा खाद्य सञ्चय (Food Store) आवश्यक पर्दछ

3. खाद्यान्नको उपयुक्त आपूर्ति प्रणाली : खाद्यान्नको आपूर्ति प्रणाली व्यवस्थित हुनुपर्दछ खाद्य सुरक्षाको लागि भण्डारण गरिएको खाद्यान्न विभिन्न भौगोलिक क्षेत्र, खाद्यान्न अपर्याप्त हुने ठाउँहरूमा निश्चित समयमा पुग्ने गरी व्यवस्था मिलाउनु पर्दछ खाद्यान्नको मूल्य सुनिश्चित गर्ने समयमा नै खाद्यान्नको उपलब्धता हुने व्यवस्था मिलाउनु पर्दछ

4. खाद्यान्नको वितरण प्रणाली : आयस्तर कम भएका, खाद्यान्न प्रतिको पहूँच नभएका वर्गको लागि खाद्यान्नको व्यवस्था मिलाउनु पर्ने हुन्छ घरबार विहिन, द्वन्द, प्रकोप पिडीतहरूका लागि छुट्टै कोटायुक्त खाद्य प्रणाली अवलम्बन गर्नुपर्दछ

5. खाद्यान्नको सही उपयोग : खाद्यान्नको अधिक उपयोग (Overfeeding) न्यून उपयोग (Under feeding) दुवै उपयुक्त होइन यसै गरी पोषणयुक्त समय अनुसारको खाना पनि मानिसलाई आवश्यक पर्दछ खाद्यको सही उपयोग नहुँदा खाद्यान्न फाल्ने प्रवृत्ति पनि रहन्छ जुन खाद्य अधिकारका दृष्टिले अरुको अधिकारको हनन् हो यस विषयमा सामाजिक चेतना पनि आवश्यक हुन्छ

 खाद्यान्न सुरक्षाका उपायहरू

खाध्य सुरक्ष्याका विभिन्न उपायहरु छन् जस मध्यका केहि लाइ निम्न वुदहरुमा उल्लेखित गरिएको छ :
(
) खाद्य सुरक्षा भण्डार : खाद्यान्न सुरक्षाका लागि खाद्य सुरक्षा भण्डार (Food security stock) आवश्यक हुन्छ उत्पादन बढी भएका बखत भण्डारण गर्ने आवश्यकता अनुसार यसै भण्डारबाट आपूर्ति वितरण गर्न सकिन्छ देशका विभिन्न क्षेत्रमा यस्ता सुरक्षा भण्डारको व्यवस्था गरी खाद्यान्नको सुरक्षा गर्न सकिन्छ

() खाद्य कोष : खाद्यान्न अभाव भएका बखत खाद्यान्न खरिद गर्न यसको कोष व्यवस्था
गरिन्छ सरकारी, सामुदायिक निजी क्षेत्रको पहलमा कोष स्थापना हुन सक्छ खाद्यान्न न्यून हुने तर उद्योग, सेवा सम्बन्धी कार्य बढी हुने क्षेत्रहरूमा खाद्य कोष खडा गरी खाद्य खरिद गर्न सकिन्छ

() अनुदान प्रणाली : अति विकट दुर्गम क्षेत्र जहाँ खाद्यान्न उत्पादन हुँदैन नागरिकहरू खाद्यान्न खरिद समेत गर्न सक्दैनन् सो ठाउँमा खाद्यान्न वितरण व्यवस्था मिलाउन सरकारले खाद्यान्न ढुवानीमा अनुदान प्रदान गर्नुपर्दछ l

 नेपालको खाद्य सुरक्षा सम्बन्धी नीति

खाद्य सुरक्षा भन्नाले भोकमरि कुपोषणबाट सुरक्षीत हुने भन्ने बुझिन्छ खाद्यान्नको उपलब्धता, पहुच, उपयोगिता दिगो आपूर्ति खाद्य सुरक्षाका मूख्य खम्वाहरु हुन् त्यसैले खाद्य सुरक्षाले आवश्यक पोषणयुक्त खाद्यान्नको उत्पादन, वितरण पहुच हनुपर्ने कुरामा जोड दिन्छ अर्को शब्दमा खाद्य सुरक्षा भन्नाले हरेक व्यक्तिलाई सधै स्वस्थ तन्दरुस्त रहनको लागि आवश्यक मात्रामा खाद्य पदार्थको उपलब्धता बुझिन्छ व्यक्तिलाई कुनै पनि बेला खाद्य अभाव वा भोकमरीको त्रास हुनु हुदैन भन्ने यसको मान्यता खाद्य सुरक्षा तब मात्र भएको मानिन्छ जब हरेक व्यक्तिको हरेक समय पर्याप्त मात्रामा खाद्यबस्तुमाथि पहुँच रहन्छ त्यो खाद्यवस्तु किन्न सकिने सुरक्षित स्वस्थकर, सांस्कृतिक रुपमा स्वीकार्य वातावरणमैत्रि सामाजिक न्यायको आधारमा उत्पादन गरिएको हुनुपर्छ नेपालको संविधानको भाग ३, धारा ३६ ले प्रत्येक नागरिकलाई खाद्य सम्वन्धि हक, खाद्यवस्तुको अभावमा जिवन जोखिममा पर्ने अवस्थाबाट बच्ने हकका साथै प्रत्येक नागरिकलाई कानुन बमोजिम खाद्य सम्प्रभुताको हक हुनेबारे व्यवस्था गरेको छ । त्यस्तै गरि संवैधानिक व्यवस्थाका अतिरिक्त खाद्य ऐन, २०२३, उपभोक्ता हित संरक्षण ऐन, २०५४, कालोबजार तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन, २०३२, पशु वधशाला र मासु जाँच ऐन, २०५५, कृषि जैविक विविधता नीति, २०६३, राष्ट्रिय कृषि नीति २०६१, २० वर्षे कृषि विकास रणनीति (२०१५२०३५) ल्गायतका कानुनी र नीतिगत व्यवस्था समेत प्रचलनमा रहेका छन । नेपालले अन्तर्राष्ट्रियस्तरमा गरेको प्रतिबद्धता अनुरुप दिगो विकास लक्ष्यमा शून्य भोकमरीको लक्ष्यलाई सम्बोधन गर्न शून्य भोकमरी कायययोजना (२०१६२०२५) समेत कार्यान्वयनमा ल्याएको छ ।(पाण्डे, २०७५) l नेपालको यस्तो अवस्था सम्बोधन गर्न नेपाल सरकारद्धारा राष्ट्रिय पोषण नीति तथा रणनीति (सन २००४), कृषि विकास रणनीति (सन २०१३), दिगो बिकासको लक्ष्य (सन २०१६), बहुक्षेत्रिय पोषण योजना दोस्रो (सन २०१८), शुन्य भोकमरी चुनौती (सन २०१६), स्वास्थ्य निित (सन २०१९) आदि क्षेत्रगत नीति तथा योजनाका रुपमा विकास गरिएका छन् ।

नेपालको खाद्य सुरक्षा सम्बन्धी नीति हरु निम्नानुसार छन  :
1.
खाद्य पोषण सुरक्षाको अवधारणा अनुसार कृषि क्षेत्रको आधुनिकीकरण गर्ने
2.
खाद्य सुरक्षा तथा पोषण आवश्यकताको सुनिश्चितता गर्ने
3.
खाद्यान्नको उचित भण्डारणको व्यवस्था मिलाउने
4.
दुर्गम क्षेत्रहरूमा खाद्यान्न उपलब्ध गराउन ढुवानी अनुदान प्रदान गर्ने
5.
स्थानीय वातावरण मैत्री कृषि उत्पादनमा जोड दिने

विश्व खाद्य कार्यक्रमले सन् २०१९ मा विश्वका ५५ देशमा करिब एक करोड ३५ लाख मान्छे अति खाद्य असुरक्षाको जोखिममा रहेकोमा सन् २०२० मा कोभिड१९ ले गर्दा त्यो संख्या दोब्बर बढेर दुई करोड ६५ लाखसम्म पुग्न सक्ने प्रक्षेपण गरेको छ । नेपाल सरकारको कार्यक्रमले खाद्यान्न उत्पादक, प्रशोधनकर्तालाई संरक्षण, व्यापार निषेधलाई निरूत्साहन र खाद्यान्न बजारलाई अत्यावश्यक सेवाको रूपमा मान्यता आदि कार्यहरू गर्दै कोभिड-१९ प्रतिकार्यको एउटा अत्यन्तै महत्वपुर्ण पक्षको रुपमा पौष्टिक, सुरक्षित तथा सुपथ खाद्यान्नमा पहुँच सुरक्षित गर्ने राखेको  छ l  

नेपालमा भोकमरी कोभीड १९ पूर्व नै एउटा गम्भिर मानवअधिकार चुनौतीको रुपमा छंदै थियो । करिव २०% जनसङ्ख्या गरिबीमा रहेको, ४८.२% घरधुरी मात्रै खाद्य सुरक्षित रहेको, न्यूनतम क्यालोरी इन्टेक प्राप्त गर्ने जनसंख्या ४१% रहेको र लगभग २० लाख मानिसहरू कुपोषित रहेको आँकडाले देखाउँछन । त्यस्तै पाँच वर्षमुनिका बालबालिकामा सुकेनासको समस्या ३६% रहेको र झण्डै ५३% बालबालिकाहरू रक्तअल्पताबाट पीडित रहेको देखिन्छ । विश्वव्यापी भोकमरी ईन्डेक्स २०१९मा सहभागी गराईएका ११७ मुलुकमध्ये नेपाल ७३औं स्थानमा रहेको छ । भोकमरी भएका देशहरूको गम्भीरता मापनमा नेपाल २०.८ अंकसहित गम्भीरश्रेणीमा परेको पाईन्छ (चापागाई, २०२०) l यी सबै तथ्यांकहरुले पनि कोभिडको समयमा नेपालमा झन् खाध्य संकट हुने देखिन्छ जसका लागि सरकारले यसमा थप योगदान पुराउनु पर्ने देखिन्छ l  

सन्दर्भ सामाग्रीहरु

फियान (२०७५), खाद्य अधिकार, खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुता सम्बन्धी, फियान नेपाल

नेपाल सरकार, कृषि तथा सहकारी मन्त्रालय तथा संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रम (२००९) , जिल्लास्तरीय खाद्य सुरक्षा अनुगमन : श्रोत पुस्तिका

नेपाल सरकार, राष्ट्रिय योजना आयोग (२०७०), नेपाल राष्ट्रिय अनुगमन तथा मुल्याङ्कन दिग्दर्शन, राष्ट्रिय योजना आयोग, सिंहदरबारकाठमाडौं

नेपालको संविधान (२०७२) नेपाल सरकार सूचना तथा संचार मन्त्रालय, सिंह दरवार काठमाडौं

शर्मा, बसुन्धरा (२०७६) नेपालमा खाद्य सुरक्षा र पोषण अवस्था, https://www.nepalihealth.com/2019/11/03/42879/

WHO (2020). The state of food security and nutrition in the world 2020https://www.who.int/publications/m/item/state-of-food-security-and-nutrition-in-the-world-2020

UN (2015) . Food, https://www.un.org/en/sections/issues-depth/food/index.html

 

Thursday, 17 September 2020

नेपालमा बौद्धिक वर्गको भुमिका

 

नेपालमा बौद्धिक वर्गको भुमिका

समाजको परिवर्तनमा बौद्धिक वर्गको भूमिका के हुने भन्ने सन्दर्भमा ऐतिहासिक काल देखि नै निकै वहस हुदै आएको पाइन्छ l इशापुर्ब कालका ग्रीक दार्शनिकहरु  प्लेटो, अरस्तु, देखि पूर्वीय दर्शनका व्याख्याकार मनु, वेदव्यास, सप्तऋषिहरु लगायत गौतम बुद्ध, तथा पछिल्लो अवधिका युरोपियन दार्शनिकहरु हेगेल, एडम स्मिथ , मार्क्स, फ्रायड, डार्विन आदिहरुले यो बिषयमा प्रसस्त व्याख्या र विश्लेषण गरेका छन् l समाज, विश्व, प्रकृति, मानवीय चेतना आदि देखि अलग भै निष्पक्ष ढंगले दुनियाको अवलोकन गर्ने र आफ्नो विचार प्रकट गर्ने यी प्राचिन कालका दार्सनिकहरुका धारणाहरु लाइ युरोपको पुनर्जागरण कालका दार्शनिक हरुले अस्वीकार गर्दै मानव समाज देखि अलग हुन् नसक्ने धारणा राखे l यिनीहरुले सामाजिक परिवर्तनमा बौद्धिकवर्गको भूमिका सबै भन्दा महत्वपूर्ण हुने धारणा राखे l यो लेखमा बौद्धिक वर्ग र यिनीहरुको भूमिका को वारेमा विश्लेषण गर्ने कोशिस गरिएको छ l

बौद्धिक वर्गका प्रकारहरु

बौद्दिक वर्गको भूमिकालाई नितान्त नया तरिकाले ब्याख्या गर्ने बिद्द्वानको रुपमा मार्क्स लाइ लिने गरिन्छ l उनले बौद्दिक वर्ग र दार्शनिक हरुको कार्य संसारको ब्याख्या गर्नु मात्र नभई यसलाई बदल्नु हो भनि उनि पुर्वका बौद्दिक वर्गका कार्यहरुको आलोचना गरे l यो धारणालाइ मार्क्स र एन्ग्लेस द्वारा लिखित पुस्तक जर्मन विचारधारा मा उल्लेख गरिएको छ l  मार्क्सले उत्पादनका साधन माथि स्वामित्व हुने वर्गले मानसिक उत्पादनका साधनलाई पनि नियन्त्रण गर्ने धारणाको ब्याख्या गरेका छन् l मार्क्सले बौद्धिक उत्पादन पनि वर्गीय हुने उल्लेख गर्दछन (मार्क्स र एन्ग्लेस , १९८९) l मार्क्स पछी बौद्दिक वर्गको मार्क्सवादी र समाजसास्त्रीय ब्याख्या गर्ने कार्य लेनिनले गरेका छन् l  उनका अनुसार  बुद्धिजीवी र जनताको सम्बन्ध नङ र मासुजस्तो हुनुपर्छ । बुद्धिजीवी समाजबाट जन्मेको र हुर्केको हुन्छ र उ त्यतिबेला मात्र बुद्धिजीवी हुन सक्छ, जब ऊ समाजबाट विचारको निर्माण गर्छ र समाजसँग अन्तरर्कि्या गर्छ र उसको विचारले वर्गअनुसारको  अभिव्यक्ति दिने गर्दछ  । बुद्दिजिबी आफैमा वर्गीय हुने गर्दछ l उत्पीडित जनताले एक ढङ्गका बुद्धिजीवी पैदा गर्छन  र उत्पीडकहरूले अर्को ढङ्गका बुद्धिजीवी पैदा गर्छन् । बुर्जुवा पार्टी होस् वा सर्वहारा,हरेकले यस्तै बुद्धिजीवीहरुको निर्माण गरेका हुन्छन  । लेनिनका अनिसार, पेशागत क्रान्तिकारी र पेशागत बुद्धिजीवीहरूबाटै सर्वहारा वर्गको अग्रदस्ता पार्टी बनेको हुन्छ र समाजबाट जन्मेको मान्छेलाई हामी त्यतिबेला बुद्धिजीवी भन्न सक्छौँ, जतिबेला उसले समाजको वास्तविक अनुभूतिलाई संश्लेषण गरेर त्यसको अभिव्यक्ति दिन्छ । यदि ऊ त्यस्तो भूमिका खेल्न सक्दैन भने ऊ समाजबाट कटिन्छ र ऊ बुद्धिजीवी बाँकी रहँदैन । (भण्डारी, २०१२) l लेनिनले पार्टी निर्माणमा , जनतालाई सचेत पार्न, क्रान्ति सम्पन्न गर्न, र राज्य चलाउन बुद्दिजिबी हरुको भूमिका अग्रणी हुने धारणा राख्दछन l

बौद्दिक वर्गको भूमिका वारे अन्य बिभिन्न बिद्दानहरुले पनि बिभिन्न कोणले विश्लेषण  गरेका छन् l यस्ता बिद्द्वान हरुमा राल्फ वाल्दो इमर्शन, एन्टोनियो ग्राम्स्की,  इ.ओ.विल्सन, एडवार्ड सेड, नोम चोम्स्की आदि पर्दछन l अलान लाइटम्यान (१९८९) ले बुद्धिजीवीहरूका तिन तह हुन्छन् भनेका छन् । उनका अनुसार प्रारम्भिक तहको बुद्धिजीवीले आफ्नो खास बिषयको अलावा सार्वजनिक महत्त्वको विषयलाई सरल बनाएर आम मानिससम्म पुर्‍याउँछ । अर्थात् समाजका जल्दाबल्दा प्रश्नको जवाफ खोज्छ । दोश्रो वा मध्यम तहको बुद्धिजीवीले सामाजिक, सांस्कृतिक र राजनीतिक जगत संग आफ्नो विषयको सम्बन्धबारे बताउँछ, यसको वारेमा लेख्छ र बोल्छ  । यस्तो अभ्यास गर्ने बुद्धिजीवीले समाजमा आफ्नो छवि र क्षमता यस्तो बनाउँछ जसले आफूले शुरुमा पढेको बाहेक विषयमा पनि ज्ञान हासिल गर्छ र उच्च वा तेश्रो तहमा फडको मार्छ । यो तहको बुद्दिजिबिलाई समाजका समग्र विषय बताउन आग्रह गरिन्छ , किनभने ती ऊसँग भएको ज्ञानले समाजलाई फाइदा पुर्‍याउँछ । बुद्धिजीविको वारेमा सबै भन्दा स्पस्ट धारणा  राख्ने विद्दवानको रुपमा इटालीका बुद्दिजिबि ग्राम्सीलाइ लिइन्छ जसले जैविक बुद्दिजिबिको वारेमा व्याख्या गरेका थिए । उनले सहरी र गाउले बुद्दिजिबि, जैविक र सार्भाजनिक , पुजिवादी र समाजवादी गरि बुद्दिजिबि हरुको विभाजन गरेका थिए । त्यस्तै गरि बर्तमान अवधिमा अमेरिकन बुद्दिजिबी नोम चोम्स्की सार्बजनिक बुद्दिजिबिका उत्कृस्ट उदाहरण हुन् जसले अमेरिकी सरकारका गलत रबैया हरुको खुलेर आलोचना गरि रहेका छन् l

नेपालका बौद्दिक वर्ग र भूमिका

बुद्दिजिबिहरुले सामाजिक रुपान्तरण, परिवर्तन वा सामाजिक क्रान्तिमा महत्वपूर्ण भूमिका निर्भाह गरिरहेका हुन्छन l उनीहरुले आफ्नो ज्ञान, क्षमता र इच्छाशक्ति मार्फत समाज लाइ जागरुक बनाउनुका साथै राज्यका गलत रबैया का विरुद्धमा सामान्य जनतालाई सुसुचित बनाउछन l नेपालमा राणा विरुद्धको लडाई , पंचायत विरुद्धको लडाई र त्यस पछिका बहुदलीय शासनका गलत कार्य  विरुद्ध बुद्दिजिबी हरुले आफ्ना कलम, आवाज, संगठन तथा  नागरिक समाज मार्फत राज्य का गलत कार्यहरुको पर्दा फास गरिरहेका छन् l नेपालका बुद्दिजिबीहरुमा आलोचनात्मक चेतको सधै अभाव रहेको पाइन्छ l कतिपय बिषयहरुमा उनीहरु बोल्न पनि चाहदैनन् l सरकारका आर्थिक नीतिहरुको चिरफार गर्न नसक्नु, कोभिड-१९ का प्रभाव र सरकारका कार्यहरुको विश्लेषण गर्न नसक्नु, इतिहासका तथ्यहरु (राम जन्म भुमि) को वारेमा बिशेसज्ञ बोल्न नसक्नु, नेपाल भारत सम्बन्धमा तथ्य संगत धारणा नआउनु, समाज र संस्कृतिका विविध आयाम हरुको विश्लेषण गर्न नसक्नु आदि केहि उदाहरणहरु हुन् l

नेपालका केहि अपवाद बाहेक हरेक बुद्दिजिबिहरु चाहेर वा नचाहेर कुनै न कुनै पार्टी प्रति आवद्ध रहेका छन् l पंचायतलाइ  हटाउन कुनै न कुनै राजनीतिक दर्शनमा आवद्ध हुने र पछी उक्त दर्शनलाइ अंगालेको पार्टीसंग सम्बन्धित हुने चलन नेपालका बुद्दिजिबीहरुको  आम प्रवृतिको रुपमा विकास भएको पाइन्छ जुन हाल सम्म पनि कायम रहेको छ l पछिल्लो अवधिको नेपालको अभ्यासले त राजनीतिक दलसंग आवद्ध नभई न जागिर पाइन्छ न जागिरको सुरक्षा नै हुने देखिन्छ l राजनीतिक दलसंग आवद्ध भएका बुद्दिजिबिहरुले पनि उक्त दलका गलत कुराहरुको आलोचना गर्न सक्नु पर्दछ तर त्यो न नेकपा मा पाइन्छ न कांग्रेस वा राप्रपा वा तराईका दलहरुमा नै l ग्राम्सकीले भने जस्तो जैविक बुद्दिजिबीहरुमा कम्तिमा यो आट हुनु पर्दछ यदी नेपाललाई समाजवादमा लग्ने हो भने l एडवार्ड सइद भन्छन , अर्गानिक बौद्धिकहरु मानिसहरूको मस्तिष्क बदल्न संघर्षरत हुनुपर्छ । समाजको निर्मित संरचनाप्रति स्थायी प्रश्नकर्ताका रूपमा बौद्धिकहरु उभिन सक्नु पर्दछ l पार्टी देखि बाहिर रहेका बुद्दिजिबिहरुलाई यो विषयमा कि चासो छैन कि फुर्सत नै छैन l भारतीय इतिहासकार रोमिला थापरको  शब्दमा भन्ने हो भने हामीसँग धेरै व्यवसायमा अहिले बिभिन्न खाले बौद्दिक छन्, तर तिनलाई आफ्नो विषयवस्तुको घेराबाहिर निस्केर संसार चिहाउने फुर्सद छैन । यसको प्रमुख कारण भनेको मध्यम वर्गीय सोच, आर्थिक विपन्नता, राजनीति प्रतिको उदासीनता वा नकारात्मकता हो l नेपालका बुद्दिजिबिहरु आफ्नो बुद्दिको प्रयोग गरि बाच्न सक्ने अवस्थामा  नहुनु , अशिक्षा र उच्च गरिबी तथा बेरोजगारीको कारणले आम नागरिकहरुले बौद्दिक उत्पादनको उपयोग गर्न नसक्नु, अन्तरास्ट्रिय स्तरमा बुद्दिको उत्पादन पुराउन नसक्नु आदि जस्ता कारणहरुले पनि जैविक बौद्दिकहरु आफ्नो कर्तब्य प्रति त्यति सचेत हुन सकेको देखिदैन l वर्तमान नेपालि समाजको रुपान्तरणमा बौद्धिक वर्गको भूमिका अति महत्वपूर्ण भए पनि राज्यको बौद्धिक वर्ग प्रतिको दृष्टिकोण पनि स्पष्ट देखिदैन जसको कारण बौद्धिक पलायन तिब्र देखिन्छ एकातिर भने अर्को तिर विदेश गएको बौद्धिक जनशक्ति नेपाल फर्कन उत्शुक देखिदैनन l

 

 

 

Saturday, 29 August 2020

Origin of Kusunda Language: A Debatable Issue

 

Origin of Kusunda Language: A Debatable Issue

 Kusunda is the unique language of this region which has no similarities among the other languages of the world. There has been a long debate among the linguists about the origin of the Kusunda language. However, a number of eminent linguists have written that Kusunda language might be Tibeto-Burman borrowings. Robert Shafer (1954) was the first scholar to notice Kusunda as a language isolate. Professor H. Fleming as well as most other linguists also believe that this is a language isolate. Yet, it may be argued that Indo-European, Tibeto-Burman as well as other languages also shared with Kusunda. It is a matter of serious study as to what is the genesis of Kusunda language in the Himalayas. The Kusunda people, their language and culture are very important to both linguists and anthropologists alike. Recently they have forgotten most of their own culture and tradition but their language still living at the moment. Prof. Pokherel (2012), describes that the Kusunda as a language isolate, not related to any common language of the world. According to him, there are about 20 language families in the world, among them are the Indo-European, Sino-Tibetan, and Austro-Asiatic group of languages- Kusunda stands out because it is not phonologically, morphologically, synthetically and lexically related to any other languages of the world. He warns that if the Kusunda language becomes extinct, a unique and important part of our human heritage will be lost. A language isolate is a language which has no known structural or historical relationship to any other language (Crystal 1997: 328). Prominent Nepali linguist Yadav (2014), believes that Kusunda language do not belong to other South Asian languages, so it should be classified as Himalayish Group. But Jha (2006) insists that the Kusunda language is not related to the Tibeto-Burman family. According to him, one group of anthropologists and linguists propose that Ban Rajas are Tibeto-Burman people, another set their colleagues to argue that the Ban Rajas of Nepal is probably the remnants of the original populations that came to The Himalayas from Africa and traveled south and populated Australia, New-Zealand and the Indo-Pacific Islands.

The group of American anthropologists Whitehouse et.al (2004) mentioned similar types of concepts about Kusunda language. According to them, the Kusunda language is a very rare and unique language of Nepal. Their research indicates that the Kusunda language is a member of the Indo-Pacific family and this family of language is located on New Guinea and surrounding islands. According to their research, the possibility of Kusunda language is a remnant of the migration that led to the initial peopling of New Guinea and Australia warrants additional investigation from both linguistic and genetic perspectives. They also mention that Kusunda has been misclassified as a Tibeto-Burman language. Instead, they claim on some linguistic evidence that this language is a member of the Indo-Pacific family though it needs to be further supported by its speakers’ DNA evidence. Similar but more detailed concepts were described by Merritt (2006) on the Kusunda language of Nepal. The Kusunda has long been regarded as one of the three relic tribes of South Asia (the Vedda of Sri Lanka and the Andamanese of on the Andaman Islands are the other two). They are or were until recently, semi-nomadic hunters-gathers, living in Jungles and forests, with a language that shows no similar to surrounding languages. They are often described as shorter and darker than neighboring tribes. Current research indicates that the Kusunda language is a member of the Indo-Pacific family, with a pronominal system that is strikingly similar to that found in the Andaman Islands. This is a surprising finding inasmuch as the Indo-Pacific family is located on New Guinea and surrounding islands (including the Andamanese Islands), making Kusunda the first Indo-Pacific language ever found on the Asian mainland.

A recent study of the genetics of the Andaman –Islanders (Thangaraj et.al, 2006) found that they belong to mt DNA haplogroup M, which has been taken as an indicator of the first out-of-Africa migration that led to the initial peopling of Southeast Asia, New Guinea, and Australia. Furthermore, the Andamanese belong to a subgroup of M that has not been found in either Africa or Asia and they share a substitution at position 16357 that is only present at high frequencies in the Andaman Islands and in one of the major founding lineage of New Guinea and Island Melanesia. This genetic evidence suggests that the Andamanese are descendants of the first Paleolithic colonizers of Southeast Asia and if genetic data can be obtained from the few remaining Kusunda it will be interesting to see if this genetic evidence supports the conclusions we have reached on the basis of their language.

 According to Reinhard (1970), on the basis of vocabulary, the Kusunda language does not appear to be related to any of the major language families of South Asia. However, it does share a feature common to other Tibeto-Burman languages of the Himalayas. Based on the pronominalization, Reinhard proposed Kusunda probably belongs to the Munda language family. Other two possible options he proposed were either Kusunda borrowed pronominalization from Munda family at a later date indicating no relationship with the major languages families or Kusunda belongs to an archaic language group such as Burushaski and languages of the Caucasus from which Munda language might have borrowed pronominalization. The latest study indicates that the Kusunda, whose genetic affiliation was considered undecided earlier, has been now said to belong to the Himalayish group of Tibeto-Burman (Sino-Tibetan) languages (Grimes, 2000 and Yadav, 2014). But the Ethnologue (2009), continues to classify Kusunda as Tibeto-Burman language group. Similarly, B.K.Rana (2002), continues to insist that Kusunda is Tibeto-Burman on the basis of a few putative cognates and some very unconvincing typological corresponding. Hence, we can draw a conclusion that the Kusunda language belongs to the Tibeto-Burman language group found in Himalayan region.

 

References

Crystal, D. (1997). Language death, Cambridge University Press.

Ethnologue (2009). Languages of Nepal, Retrieved from,  http://www.enthnologue.org/

Grimes, J.A., Nielsen, S.J., Battaglioli, E., Miska, E.A., Speh, J.C., Berry, D.L., Atouf, F., Holdener, B.C., Mandel, G., & Kouzarides, T. (2000). Journal Article Research Support, Non-U.S. Gov't | Research Support, U.S. Gov't, P.H.S.

Jha, A.R. (2006). Mentavolution: My thoughts on evolution/anthropology. Nepaliaashis. Retrieved from, Word press.com/2006/08/26/genetic-evidence-for-origins-of ban.rajas-kusundas-of-nepal.

Merritt, R. (2006). Evolution of human languages: An international project on the linguistic prehistory of humanity: Santa Fe Institute www.ehl.santafe.edu/ruhlen.htm.

Pokherel, M.P. (2012). B.B.C. Report. Retrieved from, www.bbc.co.uk/news/world-asia-17537845.

Rana, B.K. (2002). Kusunda language does not fall in any family. Retrieved from, http//listeerv.emich-Edu/CGI-bin/wa?A2=indou.

Reinhard, J. & Tim, T.(1970). A preliminary linguistic analysis and vocabulary of the Kusunda language. Summer Institute of linguistic, T. U. Nepal.

 Thangaraj, K., Chaubey, G., Reddy, A.G. et al. (2006). Unique origin of Andaman Islanders: insight from autosomal loci. J Hum Genet 51, 800–804. Retrieved from, https://doi.org/10.1007/s10038-006-0026-0

Whitehouse, P., Timothy, U., Ruhlen, M. & William S.-Y. Wang (2004). Kusunda: An Indo-pacific language in Nepal. Retrieved from, www.pnas.org/content/101/15/5692.

Yadav, Y.P. (2014). Language use in Nepal, Population monograph of Nepal, CBS, Kathmandu.


Wednesday, 15 July 2020

कुसुन्डा जातिको अध्ययन



कुसुन्डा अध्ययनको पृष्ठभूमि 
सन् १९५० भन्दा अघि पश्चिमी विश्वलाई नेपाल अध्ययनको अनुमति थिएन । राणाकालिन अवधिको रुपमा समेत लिइने यो अवधिमा नेपालको सम्बन्ध ब्रिटिस– भारतको निर्देशनमा संचालित थियो । यो अवधिमा ब्रिटिस सरकारका उच्च पदाधिकारीले नेपालको भ्रमण र अध्ययन गर्दथे । ब्रिटिस पदाधिकारी मध्येका एक ब्राइन हडसन  ले सर्वप्रथम नेपालका कुसुन्डा जातिको बारेमा सन् १८४८ मा एक लेख  लेखि छपाइएका थिए । चेपाङ र कुसुन्डालाई एकै ठाउँमा राखी लेखीएको उन्को लेखमा चेपाङ र कुसुन्डालाई जङ्गलमा चहारी हिड्ने जातिको रुपमा उल्लेख गरिएको थियो । त्यसपछि कुसुन्डाको बारेमा कलम चलाउने विद्वानमा क्याप्टेन सि.जे.एफ.फोरवेस पर्दछन् जसले सन् १८७७ मा चेपाङ, कुसुन्डा र अन्य तिब्बत–बर्मन भाषिक समूह बीचको सम्बन्धको बारेमा उल्लेख गरेका थिए । उन्को लेखमा  कुसुन्डा र अन्य पहाडी जातिको भाषामा निकटता रहेको उल्लेख गरिएको थियो। सन् १९०९ मा प्रकाशितमा स्टेन कोनो को लेखले कुसुन्डा भाषालाई तिब्बती–वर्मन समुदायको भाषाको रुपमा उल्लेख गरेको छ  । 

कुसुन्डाको बारेमा विस्तृत रुपमा अध्ययन गरि रिपोर्ट प्रकाशित गर्ने अर्काे विद्वानमा जोन रेनहार्ड हुन् जसले सन् १९६८ मा कुसुन्डाको बारेमा विस्तृत अध्ययन गर्नुका साथै गोर्खा, तनहु र सुर्खेतमा कुसुन्डा रहेको तथ्य सार्वजनिक गरे । पछि सन् १९७० मा  त्रिभुवन विश्व विद्यालयले रेनहार्ड र जापानी भाषाविद तोवाको सहयोगमा लेखिएको कुसुण्डा भाषा को ब्याकरण प्रकाशन  गर्यो । यस पछि पनि कुसुन्डा भाषाको बारेमा विभिन्न विद्वानहरुले विभिन्न ढंगले अध्ययन गरी लेखहरुको प्रकाशन गरेका छन् । कुसुन्डा भाषाको बारेमा अध्ययन गर्ने मुख्य भाषाविदहरुमा चुडामणी बन्धु (१९८५), हवाइट हाउस र उनका साथिहरु , माधव पोख्रेल (२०१२) डेभिड ई.वाटर्स , गणेशमान  गुरुङ , भोजराज गौतम, उदयराज आले, तथा गोकर्ण ज्ञवाली  (म स्वयम् ) ले कुसुन्डा भाषा र यिनीहरुको अन्य पक्षको बारेमा अध्ययन गरेका थिए । यसको साथै अन्य कतिपय विदेशी भाषाविदहरुले पनि कुसुण्डा भाषाको बारेमा प्रसस्त अध्ययन गरेका छन्।   यि धेरै जसो अध्ययन मूलतः भाषासँग सम्बन्धित भएकोले यिनीहरुमा कुसुन्डा संस्कृतिको बारेमा खासै उल्लेख गरेको पाइदैन । कुसुण्डा जातिको सामाजिक, सांस्कृतिक, आर्थिक लगायत सबै पक्ष्यको वारेमा अध्ययन  भने यसमा पी एच डी  गर्ने गोकर्ण ज्ञवाली नै हुन्।  उनले कुसुन्डा जातिको सामाजिक, सांस्कृतिक, भाषीक र आर्थिक पक्षको बारेमा विस्तृत अध्ययन गरि  त्रि. वि. वाट पि. डी. गरेका थिय।  

जंगली अवस्था वाट ब्यबस्थित जीवनमा रुपान्तरण हुने जातिको रुपमा कुसुण्डा पछिल्लो जाति हो अव राउटे उक्त प्रक्रिया मा रहेका छन्।  रुपान्तरित जीवनको अध्ययन गर्नेहरुका लागि कुसुण्डा एक महत्वपुर्ण जाति हुन सक्छ। सन् १९७०को दशकदेखि ब्यबस्थित जीवनमा प्रवेश गरेका कुसुण्डा जातिले राज्यका विभेदकारी नीतिको कारण सधै शरणार्थीको रुपमा जीवन व्यथित गर्नु पर्यो l पछिल्लो अवधिमा मात्र राज्यले जनता आवास कार्यक्रम अन्तर्गत घर बनाइ दिने योजना अघि सारेपछि मात्र कुसुण्डाले स्थाई बसोबास गर्न थालेका हुन् l हाल यिनीहरुको जनसंख्या १५१ रहेको छ तर केन्द्रीय तथ्यांक विभागका अनुसार भने यिनीहरुको जनसंख्या २७३ रहेको छ l 


Thursday, 9 July 2020

Populations of Kusunda People in Nepal


Populations of Kusunda (A comparative Study)

The ethnic group Kusunda, had no single permanent settlement due to their long-continued nomadic nature before their settlement. Before, the 1970s, Kusunda people also were in nomadic situations. According to the Kusunda population and settlement found from the field, Dang, has the biggest population  and other settlement areas are in Pyuthan, Surkhet, and Gorkha. The population of Kusunda from various years is given in the table.
Population of Kusunda
Districts
2001
2011
From field study, 2018
Baitadi
12


Doti
7


Achham
1


Kanchanpur
1


Kailali
4


Pyuthan
19
18
41
Dang
4
98

Surkhet


26
Rolpa


2
Tanahun


3
Gorkha
12

11
Kapilbastu
1

5
Arghakhanchi


4 (migrated to India)
Rupendehi
1


Sindhupalchok
11


Ramachhap
41


Kathmandu
1
13

Chitwan
10


Bara
2


Rautahat
1


Sarlahi
2


Mahottari
2


Taplejung
7


Bhojpur
1


Siraha
2
14

Saptari
7


Morang
2
41

Jhapa

14

Sunsari

15

Total
164
213
151
       Source: CBS- 2001 and 2011; Field study, 2018.

The settlement and population of Kusunda found in 23 districts according to 2001 and 7 districts according to the 2011 census of Nepal. The data shows that, there is large number of populations in Ramechhap, Sindhuplanchok, Baitadi, Morang, Jhapa, and Sunsari. But from field study there is no single populations of Kusunda. From the field study conducted myself in between 2014-16  Kusunda were found in Dang, Surkhet, Gorkha, Tanahau, and other western parts of Nepal. The data provided by CBS (2011), the number of Kusunda has 273, but on my research, there were only 151 Kusundas in Nepal.